चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने।     भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु

  विद्यालयहरु बन्द  

यस वेभसाईटमा बिज्ञापन दिनुभएका सेवाग्राहीहरुले Open link मा Click गरी भुक्तानी गरिदिनुहोला ।

Open link » 1 Open link » 2

दुर्गा प्रसाईं र एमाले निकट युवा संघ बीचको शक्ति प्रदर्शनले काठमाडौँका धेरैजसो विद्यालयहरु प्रभावित

एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण काठमाडौँका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन्। दुई समूहको प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन्। युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले शक्ति प्रदर्शन हुँदा काठमाडौँ दिनभरि नै तनाबग्रस्त बनेको थियो ।

  लुम्बिनी वर्ल्ड स्कुलमा साहित्यिक महोत्सव सम्पन्न 

लुम्बिनी वर्ल्ड स्कुलले यसै दशैँ – तिहार बीचको उमङ्गमय समयको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्री देखि कक्षा नौ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सव दुई हप्ता सम्म सञ्चालन गरिएको थियो । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरूलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो ।

  नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षक उपर मुद्दा 

७ मंसिर – अख्तियार अनुसन्धान आयोगले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल विरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र प्रयोग गरेको आरोपमा मुद्दा दाउर गरेको छ ।कडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाहीका लागि उजुरी परेपछि अनुसन्धान हुँदा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको पाइएको छ ।

मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलले साबिक श्री मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा–९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ । साथै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

ताजा अपडेट
  • brp
  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • Copyright © All right reserved to https://shamser.info.np Site By: .